सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ: एमाले नेता अधिकारी
काठमाडाैं | मंसिर २, २०८२
तस्बिर फाइल
रुपन्देही: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सबैको सहमतिमा वर्तमान विषम परिस्थितिलाई सामान्य बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले संविधानको संशोधन गरी नव पुस्तालाई सामेल गरेर सर्वपक्षीय विश्वासिलो सरकार बनाएर तोकिएकै मितिमा निर्वाचन गर्न सकिने बताउनुभयो ।
आज भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै अधिकारीले संसद् पुनस्र्थापना गनुपर्नेमा जोड दिनुभयो । सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नुपर्ने नव पुस्ताको मागलाई विश्वासिलो आयोग बनाएर पूरा गर्न सकिने बताउनुभयो ।
“सबैको सहमतिमा यो विषम परिस्थितिलाई सामान्य बनाउँदै भयरहित वातावरणमा निर्वाचन निष्पक्ष बनाउने कुरामा ‘अर्ली इलेक्सन’ को पक्षमा छौँ, अहिलेको निकास यही हो,” उहाँले भन्नुभयो ।
अधिकारीले नेकपा (एमाले) को ११औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैको आकाङ्क्षा र इच्छाहरु सम्बोधन गर्ने र उपयुक्त वातावरणमा सही ढङ्गले सबैलाई ‘सरप्राइज’ दिनेगरी महाधिवेशन सम्पन्न हुने उल्लेख गर्नुभयो ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

